
भैरहवा, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले अस्वीकार गरेको छ । रूपन्देही जिल्ला अदालतले बिगो रकम बुझाउँदा पनि रिहा गर्न अस्वीकार गरेको हो ।
न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई रिहा गर्न अस्वीकार गरेको हो । लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा बिगो दाबीको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका थिए ।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा छन्।