रासायनिक मल वितरणको ठोस प्रस्ताव पेस गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको प्रभावकारी वितरणका लागि तीन दिनभित्र ठोस प्रस्तावसहित उपस्थित हुन कृषि तथा पशुपंक्षी विकासमन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले रासायनिक मलको अभावसम्बन्धी गुनासो बढेपछि मंगलबार सिंहदरबारमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गरेका थिए ।

छलफलमा प्रधानमन्त्रीले पर्याप्त मात्रामा मल उपलब्ध किन हुन नसकेको र उपलब्ध भएको मलको वितरण किन प्रभावकारी नभएको भन्दै गम्भीर चासो व्यक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले बताए । उनले भने, “अहिले पनि मल उपलब्ध छ र आयात पनि भइरहेको छ, तर वितरण जसरी हुनुपर्ने हो त्यसरी हुन सकेन।“

प्रधानमन्त्रीले नेपालमै मल कारखाना स्थापना गर्नका लागि आवश्यक तयारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि निर्देशन दिएका छन् ।


सम्बन्धित खवर