कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने


काठमाडौं, १२ भदौ । कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ ।

कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्षदेखि भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ ।

बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई काठमाडौं महानगर कार्यालय कमलादी जाने उनीहरुको कार्यक्रम छ ।


सम्बन्धित खवर