
काठमाडौं, ७ असोज । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशभर भएका आगजनी र तोडफोडबाट भाटभटेनी सुपरस्टोरलाई १० अर्ब ८५ करोड बढी क्षति पुगेको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री सुशिला कार्कीलाई जानकारी दिएका छन्।
बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा जलाइएका छन् भने नौ वटा स्टोरमा तोडफोड र लुटपाट भएको छ। स्केलेटर, लिफ्ट, फ्रिजलगायत महंगा सामग्रीसहित भवन र सामग्री पूर्णरूपमा नष्ट भएका छन्।
भाटभटेनीको १९ वटा स्टोरमा मात्र ४ अर्ब ४० करोड बढीको क्षति भएको छ भने पाँच अर्ब ९६ करोड बराबरका सामग्री जलेका र ४९ करोडभन्दा बढीका सामान तोडफोड तथा लुटपाट भएको हो ।