काठमाडौं जिल्ला स्तरीय तीज प्रतियोगितामा ६२ विद्यालयलाई पछि पार्दै कौशलको उच्च सफलता


काठमाडौं । प्यावशन काठमाडौं जिल्ला स्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगिताको १२ औँ सस्करण सम्पन्न भएको छ । काठमाडौं जिल्ला भित्रका ११ वटै नगर स्तरीय प्यावशनको आयोजनामा ६०२ ओटा विद्यालयहरुले तीज नृत्य प्रतियोगितामा सहभागी जनाएका थिए । सबै पालिकाबाट छनौट भएका ६३ विद्यालयहरू मध्येबाट भएको काठमाडौं प्यावशनको तीज नृत्य प्रतियोगिताबाट तारकेश्वर–८ मा अवस्थित कौशल इङलिस बोर्डिङ स्कुल प्रथम हुन् सफल भएको छ ।

भदौ ६ गते प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा उत्कृष्ट ६३ विद्यालयहरुको प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले बिजेता विद्यालयहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमबाट प्रथम भएको कौशल इङलिस बोर्डिङ स्कुलले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो बिजेता बन्न सफल एन्जल लोर्ड इङलिस स्कुलले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तृतीय बन्न सफल फ्युजन एकेडेमीले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै शान्तवना पुरस्कार पाउन सफल लालिगुराँस नेशनल एकेडेमी, नबोदित बिद्या कुन्ज, एन्जल्स हार्ट हाई स्कुल, इलिक्सर एकेडेमी, नोबेल एकेडेमी, कोट्देवी पब्लिक स्कुल, लगायतका सात विद्यालयले ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।


सम्बन्धित खवर