
काठमाडौं, २३ भदौ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ।
ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कजेलमा २ जना र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको हो ।
अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।