प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह


काठमाडौं, २३ भदौ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले आयोजना गरेको विरोध प्रदर्शनमा गम्भीर मानवअधिकार उल्लंघन हुने जोखिम देखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई संयमित रहन आग्रह गरेको छ।

आयोगले सोमबार विभिन्न शहरमा भएको प्रदर्शन अनुगमन गर्दा काठमाडौंमा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार गरेको पाइएको जनाएको हो। यस क्रममा दर्जनभन्दा बढीको मृत्यु र कैयौँ घाइते भएका छन्।

आयोगले मृतक परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार, दोषीमाथि कारबाही र भविष्यमा अत्यधिक बल प्रयोग नगरी नागरिकका आवाजलाई समयमै सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ।


सम्बन्धित खवर