
काठमाडौं, १ असोज । जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले आफूमाथि आक्रमणको प्रयास भएको दावी गरेका छन् । आज सामाजिक सञ्जालमार्फत सुदनले आफूलाई आक्रमण गर्ने उदेश्यले मोटरसाइकल र गाडीले पछ्याएको बताएका हुन् । उनले पूराना दलहरू सुध्रिने छाँट नरहेको पनि टिप्पणी गरे ।
उनले भनेका छन्, होन्डा साइन आएको छ‘ बाइक नम्बर नै थाहा भएन । अघि पल्सर थियो । गाडी थियो बीचबीचमा । मलाई केही भयो भने तिमीहरु अघि बढ्नुपर्छ है केटाकेटी हो । झोलेहरुले प्रपोगण्डा गरिरहेको छ तिमीहरुले फाइट गर्नु पर्दैन ? लड्नु पनि आफैं छ । गाली पनि खानु छ । सबै चुप लागेर बस्छन् । मजा आएन । यो मान्छेहरु सुध्रिन्छ जस्तो लागेन । इट्स टाइम टु राइज ।
सबै जना उठेर फुल्ली युनाइटेड ग्रुप हुनुपर्यो । सबै जेन्जीहरु युनिफाइड हुनुपर्यो र उनीहरु हामीलाई विभाजन गरेर राज गर्न चाहन्छन् । हामीले यो हुन दिनु हुँदैन ।’ उनले आफूमाथि एमाले नेता महेश बस्नेतले आक्रमण गर्न खोजेको हुन सक्ने आशंका व्यक्त गरे ।
उनले भने, ‘खै महेश बस्नेत अंकल खुब उफ्रिरहेको छ । किन हो कुन्नि ! मलाई महेश बस्नेतले ओपन च्यालेन्ज नै गरेको रैछ । सायद त्यही अंकल नै होला ।’ उनले आफूलाई स्थानीयले बचाएको दावी पनि गरे ।