महाबीर पुनसहित पाँच मन्त्री सिफारिस


काठमाडौं, ६ असोज । महाबीर पुनसहित पाँच जना मन्त्री नियुक्तिका लागि सिफारिस भएको छ । स्रोतले दिएको जानकारीअनुसार पुनलाई शिक्षा मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

त्यसैगरी पूर्वन्यायाधीश अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मदन परियारलाई कृषि मन्त्री, संगिता मिश्रलाई स्वास्थ्य र जगदिश खरेललाई सूचना मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको छ ।


सम्बन्धित खवर