
काठमाडौं, २६ असोज । जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेर फिर्ता नभएका ५ हजार ५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ ।
गृह मन्त्रालय ९मन्त्रीस्तर० को मिति २०८२/०६/२६ को निर्णय अनुसार फरार कैदीबन्दीहरूलाई नामावली सार्वजनिक गरिएको हो ।
मन्त्रालयले यसअघि नै फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ ।