
काठमाडौं, २६ असोज । नेकपा (एमाले) ले पार्टीको महाधिवेशन मंसिरको अन्तिम साता गर्ने निर्णय गरेको छ ।
आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकको मिति तोक्न भने बाँकी छ ।
मिति र स्थान भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।