नेपाली सेनाभित्र प्राविधिक तर्फका सेनानी थापाको ज्यादतीले सिमा नाघ्यो


काठमाडौ । नेपाली सेनाको इन्जिनियरिङ विभाग कार्यकारिणी समिति अन्तर्गत भवन निर्माण सम्बन्धी कार्य गर्ने सेनानी भिमसेन थापाले विभिन्न ठेकेदारहरुसंग सेटिङ गरि आर्थिक नियमावली खरिद ऐन बिपरित ठेक्का बाँडफाँड गरि कागजात मिलाई सेटिङ गर्ने गरेको पाइएको छ । ठेक्का डकुमेन्ट्मा साईट भिजिट भन्ने कल्ज राख्ने र निमार्ण गर्ने स्थलको साईट भिजिटको लागि वातावरण मिलाई दिने गरेको पाइएको छ । निमार्ण कार्य स्थलको युनिटलाई समेत सेनानी थापाले अधिकार जमाएको छन् । आफुले आदेश नदिएसम्म साइट भिजिट पत्र नदिनु भन्ने आदेश दिन्छन् ।

ठेक्का मिलाए बापत पहिले नै ठेक्का रकम बराबरको १० प्रतिशत कमिशन रकम अग्रिम लिने र सोही ठेक्का सम्झौता भैसकेपछि पनि विभिन्न बहाना गर्ने र फिल्डको काम गर्न दुख दिने फेरि माथी रकम बुझाउनु पर्ने भनी अति भन्दा अति दुख दिई अर्को १० प्रतिशत रकम लिएर मात्र बल्लतल्ल काम गर्ने वातावरण मिलाई दिने गरेको व्यापक गुनासो बढेको पाइएको छ ।

साथै, उनी थरिथरिका महिलाहरु ठाउँ –ठाउँमा राखी मोजमस्ति गर्ने गरेकोे समेत पाइएको छ । उनी ठेकेदारहरुलाई रकम असुल गरि मोज मस्तिमै ब्यस्त छन् । नेपाली सेनाभित्रकै आफू भन्दा सिनियर अफिसर तथा जुनियर कर्मचारीहरुलाई समेत म चिफ साबको मान्छे हुं भन्दै दुख दिने गरेको गुनासो छ ।

यस विषयमा नेपाली सेनाको प्रधानसेनापति अशोक राज सिग्देलले के हेरिहेका छन् भन्ने प्रश्न चिन्ह खडा भएको छ । ९८ हजार सेना भएको संस्था एउटा सेनानीले यति धेरै अत्याचार गर्दा यस बिषयमा आम नेपाली जनताको चासोको बिषय बनेको छ ।

त्यसैले प्राविधिक सेनानी थापालाई नेपाली सेनाले के कस्तो कारबाही गर्छ भन्ने आम जनताले प्रतिक्षा गर्दै हेर्नै बाँकी छ । सबै भन्दा स्वच्छ छवि भएको नेपालको पुरानो संस्था नेपाली सेना भएको हुनाले सेनानी थापाको भ्रष्टाचारप्रति नेपाली सेनाका प्रधानसेनापति सिग्देलको ध्यान जाओस् भनी आम जनताको चासोको विषय बनेको छ ।

 


सम्बन्धित खवर