
काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आज (बधुबार) १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्दैछिन् ।
बधुबार अपराह्न ४ बजे छलफलका लागि दलका प्रतिनिधिहरूलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी प्रतिनिधहरुसँग छुट्टै र संयुक्त रुपमा छलफल गरेकी थिइन् ।
सरकारले २१ फागुनमा चुनावको मिति तोकेको छ । एमाले लगायतका दलहरूले भने संसद् पुनर्स्थापनाको माग गरिरहेको छ ।