
काठमाडौं, ५ मंसिर । नेपाली कम्युनिस्ट पार्टी र जसपाबीच एकता वार्ता काठमाडौंको पेरिसडाँडामा भयो ।
वार्ता सकारात्मक दिशामा अघि बढेको नेकपा नेता देव गुरुङले बताए ।
एकताका लागि प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भएको छ र निरन्तरता दिने सहमति भएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बिच एकता वार्ता भएको छ । शनिबार पेरिसडाँडामा ती दुई पार्टीबिच एकता वार्ता भएको हो ।
वार्ता सकारात्मकतर्फ उन्मुख भएको नेकपाका नेता देव गुरुङले जानकारी दिए । उनले यो दुई पार्टी बिचको एकताका लागि प्रारम्भिक छलफल भएको समेत बताए । बैठकमा प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भएको उनले बताए ।
गुरुङले भने, ‘जसपासँगको एकता वार्ता सकारात्मकतर्फ उन्मुख छ । एकताका लागि यो प्रारम्भिक छलफल हो । प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा आज छलफल भयो । छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति भएको छ । अहिले केही निर्णय भएको छैन ।’
एकता वार्ता नेकपाका तर्फबाट देव गुरुङ र जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गरेका थिए ।