
काठमाडौं, ९ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुँदैछ ।
टीयू क्रिकेट मैदानमा दिउँसो ४ बजे हुन लागेको खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्न लागेको हो ।
जारी एनपीएलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं तीन खेलमा एक जित र दुई हार बेहोरेको छ ।
रोहित पौडेलको कप्तानी लुम्बिनीले दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।