एनपीएलमा आज विराटनगर र चितवन भिड्दै


काठमाडौं, १० मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ ।

विराटनगर लगातार तीन खेलमा जितसहित ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

दुई खेलमा एक जित र एक हारसहित दुई अंक जोडेको चितवन तालिकाको पाँचौ स्थानमा छ ।


सम्बन्धित खवर