
काठमाडौं, १२ मंसिर । उज्याले नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरिएको छ ।
पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरूले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गरेको हो।
पार्टीले निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरुले उम्मेदवारी दिन आह्वान गरेको छ ।