कांग्रेसको महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय (कार्यतालिकासहित)


काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी पुसको २६ गतेदेखि २८ गतेसम्म हुने भएको छ । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति तय गरेको हो ।

त्यस्तै, वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म रहेकोमा म्याद पनि आगामी माघ मसान्तसम्म थपिएको प्रवक्ता महतले बताए ।

यस्तो छ कार्यतालिका–

  • मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने
  • जिल्लाको प्रतिनिधसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।
  • क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।
  • नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।
  • विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।
  • गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।
  • गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।
  • प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।
  • प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।
  • एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।
  • प्रदेश अधिवेशन २३ र २४ गते ।
  • महाधिवेशन पुस २६, २७ र २८ गते ।

सम्बन्धित खवर