क्यानका निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान


काठमाडौं, २१ मंसिर। नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागार चलान भएका छन् ।

भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि अधिकारी कारागार चलान भएका हुन् ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको थियो ।


सम्बन्धित खवर