एमाले महाधिवेशन : भृकुटीमण्डपमा बन्दसत्र


काठमाडौं, २८ मंसिर । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोहपछि आजबाट बन्दसत्र सुरु हुन लागेको हो ।

बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा बिहान ८ बजेबाट सुरु हुने एमालेले जनाएको छ ।

बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।


सम्बन्धित खवर