
काठमाडौं, १२ पुस । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
आयोगले प्रकाशन गरेको मतदाता नामावलीअनुसार अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरूष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य २ सय गरी जम्मा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता समावेश भएका छन्।