केपी ओलीको स्थान हद फुकुवा


काठमाडौं, २१ पुस। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ। जाँचबुझ आयोगले आज अध्यक्ष ओलीमाथिको स्थान हद फुकुवा गरेको हो ।

जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले अध्यक्ष ओलीमाथि स्थान हद लगाएको थियो ।

अध्यक्ष ओलीले हिजो आयोगलाई लिखित बयान दिएसँगै आज स्थानहद फकुवा गरिएको हो । जेनजी आन्दोनका क्रममा अध्यक्ष ओली प्रधानमन्त्री थिए ।


सम्बन्धित खवर