उनेपाको घोषणापत्र : पाँच वर्षमा ४५ लाखलाई रोजगारी


काठमाडौं । उज्यालो नेपाल पार्टीले ‘निर्वाचन प्रतिबद्धता–पत्र’ सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मुख्य नाराका साथ अध्यक्ष कुलमान घिसिङले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

पार्टीले सन् २०३५ सम्ममा नेपालको अर्थतन्त्रलाई १११ अर्ब अमेरिकी डलर पुर्‍याउने र प्रतिव्यक्ति आय करिब ४ हजार डलर पुर्‍याएर मुलुकलाई मध्यम आय भएको राष्ट्रमा रूपान्तरण गर्ने प्रतिबद्धता गरिएको छ।

यस्तै आगामी ५ वर्षमा ४५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र युवाहरूका लागि १० लाख रुपैयाँसम्मको विना धितो स्टार्टअप ऋण उपलब्ध गराउने उल्लेख गरेको छ ।


सम्बन्धित खवर