
काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको तिरूहिया गाछीमा आज आयोजना गरेको चुनावी सभा तथा प्रतिज्ञापत्र सार्वजनिकीकरण कार्यक्रममा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।
यी हुन् प्रतिज्ञा पत्रको १० भिजन
१. सम्मानित भएर बाँच्न पाउने नेपाल
२.सपना देख्न सक्ने नेपाल
३.सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४.पेटभरी खुवाउने, देशलाई चिनाउने नेपाल
५.ओखती र ओत दिने नेपाल
६.छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७.बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८.मौलिकता गर्व गर्ने आधुनिक नेपाल
९.विश्वले सम्मान गर्ने स्वभिमानी नेपाल
१०.समुन्नतिमा लम्कने नेपाल