नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने मोदीको प्रतिबद्धता


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकारलाई बधाई दिएका छन् ।

“निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु ।

मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउनु उत्साहजनक छ ।” प्रधानमन्त्री मोदीले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, “यो ऐतिहासिक कोशेढुङ्गा नेपालको लोकतान्त्रिक यात्रामा गर्वको क्षण हो ।” साथै, उनले घनिष्ठ मित्र र छिमेकीको रूपमा भारत नेपालका जनता र उनीहरूको नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्ने प्रतिबद्धतामा अडिग रहेको पनि उल्लेख गरेका छन् ।


सम्बन्धित खवर