चैत २२ गते सभामुख चयन गरिने


काठमाडौं । प्रतिनिधिसभाको सभामुख चैत २२ गते चयन हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख चयनको कार्यतालिका प्रकाशित गर्ने जिम्मेवारी महासचिवलाई दिने सहमति भएको हो ।

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। बैठकलगत्तै २० गते सभामुखको पदमा उम्मेदवारी दिने कार्यसूची तय भएको छ।


सम्बन्धित खवर