
भारत । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी थिइन् ।
मन्त्री देउवाले भोलि शुक्रबार नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसपछि मन्त्री देउवाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए । मन्त्री देउवा आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।