यी हुन् रसुवा बाढीमा बेपत्ता हुने तीन प्रहरी


काठमाडौं, २४ असार । चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने  १८ जनामम्धे तीन प्रहरी छन् ।

इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।


सम्बन्धित खवर