पाकिस्तानले अमेरिका–इरानलाई वार्ताका लागि इस्लामाबाद बोलायो


काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले अप्रिल १० मा राजधानी इस्लामाबादमा आमनेसामने वार्ताका लागि अमेरिका–इरान दुवै देशलाई बोलाइएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री सरिफले अमेरिका र इरानले आफ्ना सहयोगीहरूसँग मिलेर तत्काल लागू हुनेगरी युद्धविराममा सहमति जनाएको बताए । उनले यो युद्धविराम लेबनानसहित सबै क्षेत्रमा लागू हुने पनि बताए ।

उनले इस्लामाबादमा हुने वार्ताको उद्देश्य सबै विवादहरूको दिगो समाधान खोज्नु रहेको बताए । उनले यो पहलले मध्यपूर्व क्षेत्रमा दिगो शान्ति र स्थिरता ल्याउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।


सम्बन्धित खवर