गएको २४ घण्टामा ९१० जनामा कोरोना


 

काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा ९१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

संक्रमितमध्ये काठमाडौँमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । अघिल्लो दिन काठमाडौँ उपत्यकामा जम्मा ७०१ जना सङ्क्रमित थपिएका थिए ।

शुक्रबार काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना सङ्क्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । यस्तै एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका थिए ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको छ ।


सम्बन्धित खवर