रोयल डिप्लोम्याट क्लव अफ युनाइटेड नेशन्सको कल्चरल एन्ड टुरिजम एम्बास्डरमा वरिष्ठ पर्यटन व्यवसायी पौडेल नियुक्त


काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी गाउँले पर्यटन–नेपाल (भिटोन) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेल ईन्टरनेशनल रोयल डिप्लोम्याट क्लव अफ द युनाइटेड नेशन्सको कल्चरल एन्ड टुरिजम एम्बास्डरमा नियुक्त भएका छन् । स्मंरण रहोस, रोयल डिप्लोम्याट क्लव विभिन्न अन्तर्राष्ट्रिय कूटनीतिक क्लबहरू, संसदहरू, राष्ट्रपति, शाही परिवार र सबै देशहरूका कूटनीतिक नियोगहरू, युरोपेली संसद, युनिसेफ, युनेस्को, संयुक्त राष्ट्र संघसँग सहकार्य गर्ने अन्तर्राष्ट्रिय सञ्जाल हो ।

एम्बास्डरमा नियुक्त भएसँगै मुलुकको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्लेषण गरिएको छ । क्लव अन्तर्गत हुने विभिन्न सभा, सम्मेलन र गोष्ठिहरु मार्फत आफूले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने खालका कामहरु गरिने वरिष्ठ पर्यटन व्यवसायी पौडेलले जानकारी दिए । नेपालको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा रहेको कमजोरीका कारण पर्यटनबाट आशातित लाभ लिन नसकेको अवस्थामा यस्ता मञ्चहरुले त्यो खाडल पुर्न सक्ने काम गर्ने उनको विश्वास रहेको छ ।

उनी तीन दशकदेखि पर्यटन एवम् समाजसेवामा क्रियाशील छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा विभिन्न जिम्मेवारीमा रहेर मुलुकको पर्यटन विकासमा काम गरेको अनुभव हुनुको साथै स्वदेशमै पनि ग्रामिण पर्यटन प्रवद्र्धन र नयाँ नयाँ गन्तव्यहरुको खोजीमा निरन्तर लागिरहेका छन् । उनलाई हाम्रो पनि निरन्तस सफलताको शुभकामना ।

 

 


सम्बन्धित खवर