काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् ।
इस्लामबाद उच्च अदालत बाहिर मंगलबार उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।
इस्लामबादका आइजीले यसको पुष्टि गर्दै अलकादिर ट्रस्ट मुद्दामा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
यससँगै इस्लामबाद प्रहरीले धारा १४४ जारी गरेको छ । यसको उल्लंघन गरे कारबाही गर्ने प्रहरीले जनाएको छ ।
पीटीआईले पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट अपहरण गरेको आरोप लगाएको छ ।
पार्टीका नेता फवाद चौधरीले पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गरिएको र वकिल र सर्वसाधारणलाई यातना दिएको बताए ।
उनले तत्काल अदालतमा पेस गर्न चेतावनी दिएका छन् ।