काठमाडौं ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सरकारसँग संसद् विघटन गर्नुको कारण लिखित रूपमा बुझाउन आदेश दिएको हो।
असार ९ गतेको समय दिएर विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको बताइएको छ। त्यसपछि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुनेछ।