प्रल्हाद दामोदरदास मोदीलाई नेपालमा स्वागत गर्दै निर्भिका लम्साल


काठमाडौं । विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष प्रह्लाद मोदी चारदिने काठमाडौं भ्रमणमा आएर उच्च तहको राजनीतिक भेटघाट गरेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साक्खै भाइ हुन् । उनलाई लोसपा नेतृ एवं पूर्वमन्त्री कल्पना पाण्डे लम्साल तथा नवराज लम्सालकी सुपुत्री निर्भिका लम्साल समेते स्वागत गरेकी थिइन ।

प्रह्लाद मोदीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई भेटे । उनीसँग भेट्नेमा कांग्रेस नेता शेखर कोइरालादेखि सांसद प्रदीप पौडेल, एकीकृत समाजवादी नेता प्रेम आलेसम्म छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग मोदीले मन्त्री क्वार्टरमा गएर भलाकुसारी गरे । राजनीतिक कुरा गर्न नआएको भन्ने मोदीले किन नेता–नेता भेट्दै हिंडे त ? अझ रास्वपा अध्यक्ष लामिछाने, राप्रपा अध्यक्ष लिङ्देन लगायत नेताहरु त उनी बसेकै होटल हिमालयमा पुगेर भेटेका थिए । लिङ्देन सहित धवल शमशेर राणा, ध्रुवबहादुर प्रधान, ज्ञानेन्द्र शाहीले भेट गरेका थिए ।

तीन वर्षयता विश्व हिन्दु महासंघ अध्यक्ष रहेका मोदी आफू नेतृत्वमा आएयता काठमाडौंको पहिलो भ्रमणमा आएका हुन् । विश्व हिन्दू महासंघ नेपाल च्याप्टर चरम विवादमा फसिरहेको छ । अदालतमा मुद्दा हालाहालको अवस्थाले उनी चिन्तित रहेको स्रोतले बतायो । अहिले भारतमा भाजपाको खस्कँदो मतसँगै आफ्ना राजनीतिक एजेन्डाहरु सक्दो छिटो कार्यान्वयन गर्नुपर्छ भन्ने बुझाइ विकास हुँदै गएको छ । त्यस क्रममा हिन्दु राष्ट्रका लागि हतारो देखाउन थालेका छन् भाजपाका नेताहरुले ।

त्यस्तै नेकपा एसका नेता सोम प्रसाद पाण्डे, कांग्रेस नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका महासचिव देव गुरुङ, लोसपा नेतृ एवं पूर्वमन्त्री कल्पना पाण्डे, खम्बुवान मोर्चाको अध्यक्ष तथा आर के खम्बुको नेतृत्वमा बुद्धराज स्याङतान, डा. विजय सैंजु, राम मगर, मोलम लामा लगायत समेतका नेताहरुले होटल नारायणीमा भेटघाट गरेका थिए ।

यद्यपि प्रह्लाद मोदी कुनै राजनीतिक जिम्मेवारीमा छैनन् । कूटनीतिक सूत्रहरुका अनुसार मोदीले धार्मिक, व्यावसायिक निर्णयहरु लिंदा भाइ प्रह्लादका राय सुन्ने गर्छन् । कतिपय अनौपचारिक संवादहरुमा प्रह्लाद दाजु मोदीका तर्फबाट खटिन्छन् । काठमाडौं भ्रमणको प्रगतिबारे उनले दिल्ली फर्केर मोदीसँग संवाद गर्ने भ्रमण स्रोतले जानकारी दियो ।


सम्बन्धित खवर