काठमाडौं । नेपाल–भारत विश्व मैत्री संघको अध्यक्षमा ज्योति रत्न बजाचार्य चयन भएकी छन् । बुधबार साँझ अबेर सम्पन्न प्रथम महाधिवेशनबाट बज्राचार्यको अध्यक्षतामा ३७ सदस्यीय समिति गठन भएको हो ।
संघको सह–अध्यक्षमा जनकराज पराजुली ‘दिप’, उपाध्यक्षमा युवराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुर्दशन अधिकारी, महिला उपाध्यक्षमा राधादेवी पराजुली भण्डारी र जनजाती उपाध्यक्षमा ज्योति राज राई चयन भए ।
त्यस्तै उपाध्यक्षहरूमा सिताराम पोखरेल, विश्व क्रान्ति सिंह र पुष्कर जंगम, महासचिवमा किरण राज रेग्मी, सह–महासचिवमा श्याम कुमार थापा, सह–सचिवमा राजेन्द्र प्रसाद शर्मा ढकाल र कोषाध्यक्षमा प्रबिन मैनाली चयन भए ।
त्यसअघि नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नयाँ बानेश्वरको एभरेष्ट लञ्ज बारको सभाहलमा महाधिवेशनको उद्घाटन गरेकी थिइन् ।
नेपाल र भारतसहित विश्वका देशहरूबीच भाइचारा र मैत्रीभाव कायम गराउन पहल गर्ने उद्देश्यसहित संघको स्थापना गरिएको नवनिर्वाचित महसचिव रेग्मीले जानकारी दिएका छन् ।