
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिजो भएको भारतीय पर्यटक बोकेको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाएका छन् । भारत सरकारकी युवा तथा खेलकुद राज्यमंत्री रक्षा खडसे आज काठमाडौं आएकी हुन् ।
घाइते भएका १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ र मन्त्री त्यही पुग्ने बताइएको छ । मन्त्री खड्से सँगै भारतीय सांसद पनि आएको बताइएको छ । मन्त्री खड्सेले घाइतेसँग कुरा गर्ने र शव लिने भारतीय अखबार इन्डिया टुडेले उल्लेख गरेको छ ।