झापा ५ मा रास्वपाका बालेन साह निर्वाचित


काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन साह निर्वाचित भएका छन् ।

रास्वपाका वरिष्ठ नेता समेत रहेका साह ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरे ।

यसैगरी, श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ्गले ९ हजार २३३ मत प्राप्त गर्दा नेपाली कांंग्रेसकी मंधरा चिमरियाले १ हजार ८२१ मत पाइन् ।


सम्बन्धित खवर