एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा


काठमाडौं । ओमानमा हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिलले रोहित पौडेल कप्तान रहेको १४ सदस्यीय टोलीको सूची सार्वजनिक गरको छ ।

नेपाली टोलीमा पौडेलसँगै कुशल भुर्तेल, सन्दीप जोरा, गुल्शन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अविनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह रहेका छन् ।

भारतमा भ्रमणमा जाँदा यही टोलीमा आकाश चन्दसमेत रहेका थिए । प्रिमियर कपमा भने उनी परेनन् । एसिया कप छनौटसमेत रहेको प्रिमियर कपमा नेपालले चैत ३० गते पहिलो खेल खल्दैछ ।


सम्बन्धित खवर