एनपिएल – कणर्ालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा


काठमाडौं । कणर्ाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ । टियु क्रिकेट मैदानमा कणर्ालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो । यससँगै जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो । चितवन राइनोजलाई २१ रनले एलिमिनेटरमा पराजित गर्दै कणर्ाली दोस्रो क्वालिफार्यस प्रवेश गरेको थियो ।

जनकपुर भने पहिलो क्वालिफार्यसमा सुदूरपश्चिमसँग ८ विकेटले हार बेहोरेको थियो । जनकपुरले फाइनल पुग्न यो दोस्रो मौका पाएको थियो । टियु क्रिकेट मैदानमा कणर्ालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । उनलाई विपिन शर्माले १५.३ ओभरमा बोल्ड गरे ।

ओपनर शुभ कन्साकर ३ र आसिफ शेख ४ रनमा क्याच भए । तेस्रो विकेट लाहिरु मिलान्था २ रनमा क्याच हुँदा जनकपुरको ब्याटिङ धरापमा परेको हो । पावरप्लेमा जनकपुरले २ विकेट गुमाउँदै २६ रन मात्रै जोडेको हो । चौथो विकेट ९.६ ओभरमा आकाश त्रिपाठीको विकेट गयो । उनलाई जिसन मक्सुदको बलमा वाल्टनबाट स्टम्पिङ भए। उनले २० बलमा १ चौकासहित १३ रन बनाए ।

छैटौं विकेटको रुपमा जेम्स निसम आउट भएपछि पुन ब्याटिङमा समस्या देखिएको जनकपुरका लागि १८.२ ओभरमा शेर मल्लले नन्दन यादवलाई छक्का प्रहार गर्दै खेलमा जनकपुरलाई फर्काए । उनी १० बलमा १ छक्कासहित १६ रनमा अविजित रहे । त्यस्तै, किशोर महतो शुन्यमा अविजित रहे ।

कणर्ालीका लागि विपिन शर्माले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी, विलियम वासिस्टो र जिसन मक्सुदले समान १र१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको कणर्ाली याक्सका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए । ओपनर देव खनालले २४ रन बनाएर क्याच भए । जिसन मक्सुद १२ रन विलियम वासिस्टो १४ रन र चाड्विक वाल्टनले ११ रन बनाए । युनिस विक्रम शाहीले १२ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । जनकपुरका लागि ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोसिनले समान २/२ विकेट लिए । शेर मल्ल र हर्ष थाकरले समान १/१ विकेट लिए ।


सम्बन्धित खवर