
पार्टीबाट राजीनामा दिएर दुई कार्यकाल राष्ट्रपति भएकी उनी पार्टीको नयाँ सदस्यता लिनुपर्ने वा नवीकरण भन्ने वहस जारी नै छ । यही बखेडा निकाली ओली समुहले चाह्यो भने आउँदै गरेको विधान अधिवेशनमै उनलाई रोक्न सक्ने चर्चा समेत हुने गरेको छ ।
काठमाडौं, ३१ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को पार्टी सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा होमिएसंगै उनको पूनरागमनले राष्ट्रिय राजनीति नै तातिएको छ । साथै, एमालेभित्रको समिकरणमा नै फेरबदल ल्याईदिएको छ । यद्यपी पार्टीबाट राजीनामा दिएर दुई कार्यकाल राष्ट्रपति भएकी उनी पार्टीको नयाँ सदस्यता लिनुपर्ने वा नवीकरण भन्ने वहस जारी नै छ । यही बखेडा निकाली ओली समुहले चाह्यो भने आउँदै गरेको विधान अधिवेशनमै उनलाई रोक्न सक्ने चर्चा समेत हुने गरेको छ ।
सक्रियतासंगै एमालेमा भण्डारीको पक्षमा नेता तथा कार्यकताहरू समेत खुल्न थालेका छन् । एमाले नेतृत्व पँक्ति भने यतिवेला आगामी भदौ तेस्रो साताबाट सुरू हुने विद्यान महाधिवेशनमा केन्द्रित भएको छ । विद्यान महाधिवेशनले उमेरहद र दुई कार्यकालको विषयमा महत्वपूर्ण निर्णय लिने भनिएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरूले भने उमेरहदको प्रावधान हटाईने घोषणा गरिसकेका छन् ।
यही सन्दर्भमा भण्डारीले भने ईमेज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा ओली अब अध्यक्षमा नदोहोरिने विश्वास व्यक्त गरेकी छिन् । उनले स्पष्ट रुपमा भनेकी छन् सक्रिय राजनीतिमा फर्किनुको मुख्य उद्देश्य नै पार्टीको नेतृत्व लिनु भएको स्पष्ट पारिसकेकी छिन् ।
कतिपयले भण्डारीलाई एमालेको अध्यक्ष र भावी प्रधानमन्त्रीको रूपमा समेत चर्चा गर्न थालेका छन् । भण्डारीले आगामी ०८४ को निर्वाचनमा काठमाडौं ४ बाट नै उठ्ने मनस्थिति बनाएको बुझिएको छ । उनको संसदीय राजनीतिको यात्रा नै काठमाडौंबाट तय भएको र नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिईन् ।
उनी २०५१ र २०५६ सालको मध्यावधि निर्वाचनमा र ०६४ को निर्वाचन भने उनले काठमाडौं–४ बाट लडेकी थिईन् । उनी त्यतिवेला नेपाली कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजित भएकी थिईन् । भण्डारीलाई घिमिरेले ३५ सय मतान्तरले पराजित गरेकी थिईन् । अहिले सो क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्मा प्रतिनिधित्व गर्छन् । उनी २०७० सालको निर्वाचनदेखि नै लगातार निर्वाचित हुँदै आएका छन् । अब ०८४ को निर्वाचनमा भण्डारी काठमाडौं–४ बाट प्रतिष्पर्धा गर्ने हो भने उनको प्रतिष्पर्धा गगन थापासँग नै हुनेछ । विद्यासंगको प्रर्तिस्पर्धा गगनलाई भारी प्रष्ट छ ।