
काठमाडौं, १८ मंसिर । काठमाडौं गोर्खाजले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौं प्लेअफमा पुगेको हो । काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यता पोखराको प्लेअफ होड भने कमजोर बनेको छ ।
काठमाडौंले दिएको १६६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रनमै समेटियो प्लेअफको आशा जीवित राख्न जित्नैपर्ने दबाबमा रहेको पोखराले काठमाडौंले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो। पोखराको शुरुआत खराब रह्यो र लगातार विकेट गुमाउँदै गयो। यद्यपि, भारतीय खेलाडी ऋषि धवनले शानदार अर्धशतक प्रहार गरे । उनले मात्र ३१ बलमा ३ चौका र २ छक्कासहित ५४ रनको मद्दत गरे। तर जितका लागि पर्याप्त हुन सकेन ।
धवनलाई धनञ्जय लक्षनले ३० रन र कप्तान कुशल भुर्तेलले २२ रन साथ दिए पनि तल्लो क्रमका ब्याट्सम्यान टिक्न नसक्दा टोलीले जित दर्ता गर्न सकेन। काठमाडौंका बलरहरूले पोखराको इनिङ्सलाई १५२ रनमा समेट्न महत्त्वपूर्ण भूमिका खेले । स्पिनर शाहब आलमले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ६ महत्त्वपूर्ण विकेट लिए । उनी ह्याट्रिकसहित ६ विकेट लिने एनपीएलका पहिलो खेलाडी हुन् ।
यस्तै, सन्नी पटेल र करण केसीले पनि २–२ विकेट लिएर पोखरालाई लक्षमा पुग्नबाट रोके। त्यसअघि टस जितेर फिल्डिङ रोजेको पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा १ बल बाँकी रहँदै ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । काठमाडौंको इनिङ्सलाई बलियो योगफलसम्म पु¥याउन विदेशी खेलाडी बेन चाल्र्सवर्थ र आक्रामक ब्याट्सम्यान भिम सार्कीले शानदार अर्धशतक प्रहार गरे । ओपनर बेन चाल्र्सवर्थले ५५ बलमा ५ चौका र २ छक्कासहित ६४ रन बनाए।
यस्तै, भिम शर्कीले विस्फोटक पारी खेल्दै मात्र २३ बलमा ५ चौका र ४ छक्काको मद्दतले ५५ रन बनाए। टोलीको सुरुवात भने राम्रो हुन सकेन र २ रनमा नै पहिलो विकेट गुमाएको थियो। मध्यक्रममा बेन चाल्र्सवर्थले एक छेउ सम्हाले भने अन्तिमतिर भिम शर्कीको उत्कृष्ट ब्याटिङले काठमाडौंलाई सम्मानजनक स्कोरमा पु¥याएको हो । पोखरा एभेन्जर्सका बलरहरूमध्ये धनञ्जय लक्षनले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा मात्र १६ रन खर्चिएर ४ विकेट लिए । यता कुशल भुर्तेलले २ विकेट लिँदा बिपिन खत्री र किरण ठगुनाको नाममा १÷१ विकेट रह्यो ।