काठमाडौँ
भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको हो ।

भारतलाई जिताउन कप्तान सुनिल क्षेत्री र फारुख हाजी चौधरीले गोल गरे ।
नेपालका लागि तेज तामाङले एक गोल फर्काए । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल एक–एकको बराबरीमा सकिएको थियो ।