
काठमाडौं । नेपाल समाजवादी कांग्रेसले निर्णायक आन्दोलन घोषणा गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा पार्टी अध्यक्ष गोविन्द निरौलाले नेपालमा प्रजातन्त्र नआईसकेको र वर्तमान व्यवस्था नै विभेदित र असवैधानिक भएको भन्दै शासक वर्गको चर्को आलोचना गरे । देशमा प्रजातान्त्रिक शासन छैन, निरंकुश अधिनायकवादी शासन चलाउँदै आएका छन् । राष्टियता, प्रजातन्त्र, हिन्दुराज्य र राजसंस्थाको मुद्धा अघि सारेर राष्टिय नागरिक आन्दोलन घोषणा गरेर अघि बढिरहेको नेपाल समाजवादी कांग्रेसले निर्णायक आन्दोलन घोषणा गरेको हो । वर्तमान शासक वर्गहरु हत्या, अपहरण, बलात्कार, कुसाशनको संरक्षक बनेको र राज्यसत्ता चलाउन समेत असफल भएको भन्दै निरन्तर आवाज उठाउदै आएको उनले सुनाए ।
भ्रष्टाचार बढको, संघीयतामा लगेर देशलाई विघटनको बाटोमा लगेको, वर्तमान संविधान असंवैधानिक र विभेदित रहेको र देशको प्रधानमन्त्री अदालतको परमादेशबाट ताकिनु प्रजातन्त्रको नाममा निरंकुशताको जन्म भएकोले नागरिक प्रजातन्त्रको स्थापना गर्न आवश्यक भएको पार्टी अध्यक्ष गोविन्द निरौला प्रष्ट रुपमा बताए । संघीयता र धर्मनिरपेक्षताको खारेजी नभए देश नबच्ने भन्दै निरौलाले सामाजिक संरचना महत्व स्थापित गर्न पनि परिवर्तन आवश्यक भएको कुरा औंल्याए ।
यस निर्णायक आन्दोलनले राज्य सत्ता खारेज गरि नेपाल समाजवादी कांग्रेस सहितको राष्टिय सरकार गठन गरि राष्टिय सहमति र नयाँ संविधान जारी गरि देशलाई अघि बढाउँछौं । त्यसरी मात्र देशले गति लिन्छ । अहिलेको बाटो असंवैधानिक छ । यहि अवस्था चलिरहे देशमा गृहयद्ध वा देश नै विघटन हुन्छ । राजनीतिक स्थिरता भएन, गास, वास, कपास र रोजगार पाउन सकेनन् । सरकार पुरै भ्रष्ट छ । विदेशीको इसारा विना सरकार चल्नै सकिरहेको छैन । राष्ट्रलाई विघटनको बाटोमा लैजाने संविधान र अहिलेको व्यबस्था विभेदकारी रहेकाले यसलाई फ्याकी नयाँ व्यवस्था ल्याउन लागि परेका छौं निरौलाले बताए ।
विदेशी भुमीमा १२ बुदें सहमति गदैै २०६२, ६३ को जनआन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नै नेपाल र नेपालींहरुको हितमा नभएको र जसले राष्ट्रलाई विघटनको बाटोमा लैजाने संविधान विभेदकारी रहेकाले यसलाई फ्याकी नयाँ व्यवस्था सहितको संविधान ल्याउन लागि परेका छौं । जब मुलकमा २००७ मा प्रजातन्त्र र २०४७ सालको बहुदलको घोषणा भएपनि प्रजातन्त्र संस्थागत हुन सकेन चिन्तित छौं । २०४७ सालको संविधान च्यातेर देशमा संघीय गणतन्त्र घोषणा भैसकेपछि अब देश विघटनको बाटोमा जाँदैछ र यसलाई रोक्नुपर्छ भन्ने गहन संकल्प गर्दै आएका छौं ।
यो व्यवस्था जसले हामी नेपाल र नेपालीलाई शरणार्थी बनाउंछ, बनाईसकेका छन् । देशमा उत्पादन छैन, नेपाली युवायुवतीहरु श्रम बेच्न विदेशको तातो घाममा जानुपरेको छ, त्यो पनि शरण नै हो । अहिले समाजमा छोराछोरी जन्मिने बित्तिकै युरोप अमेरिका जस्ता विकसित देश पठाउने सपना देख्दछौं । अर्को रोजगारीको लागि दिनहुं खाडी मुलुक जान विवस छन् । आफ्नो देशमा जन्मेर पनि शासक वर्गको कमजोर नितीले गर्दा देश विकास गरेनन,् भएन । भएका कलकारखाना बरु बेचेर खाए, बनाएनन् र बनाउन पनि चाहेनन् । खाली कमिशनमा रमाए । त्यसरी अर्काको देशको शरण लिन राज्यस्तरबाटै बाध्य पारिएको छ । जुन जति भत्सर्ना गरे पनि पुग्दैन ।
स्मंरण रहोस, स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन बहिष्कार गरेर फरक किसिमको आन्दोलन गरेर स्थापित नेपाल समाजवादी कांग्रेसले निर्णायक आन्दोलनको घोषणा गरेको हो । वर्तमान संविधानको खारेजी, राजसस्था स्थापना, संघियताको खारेजी सहितको मुद्दालाई अस्त्र बनाएर निरन्तर आन्दोलनमा होमिएको सो पार्टी अब भने नतिजामुखी निर्णायक आन्दोलनलाई तिब्र बनाउने भएको छ ।
निर्णायक आन्दोलनले भ्रष्टाचारीलाई निशाना बनाउने छ । त्यस अन्तर्गत सिंहदरबार भित्र प्रर्दशन, भ्रष्टाचारीको घरमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । साथै केही दिनमै सो पार्टीले गृण्हमन्त्री मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाउने भएको छ । पहिलो चरणमा ध्यानाकर्षण गराउदा पनि माग सम्बोधन नगरे सिंहदरबार पसेर सो पार्टीले मन्त्रालयमा भोटे ताल्चा लगाईने अध्यक्ष निरौलाले बताए । सो पार्टीले भ्रष्टाचारी सफाया गर्ने र नयाँ संविधान जारी गर्ने गरि आन्दोलनलाई निर्णायक बनाउने उक्त पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । कार्यक्रममा पार्टी सचिव मानबहादुर गुरुङ, चन्द्र पान्डे लगायत आधा दर्जन केन्द्रीय सदस्यहरुले राजनीतिक बेतिथि र पार्टीले गर्ने आन्दोलनको विषयमा चर्चा गरेका थिए ।