थ्रि नेशन्स कपको विजेता नेपाली राष्ट्रिय फुटवल टिमलाई सरकारले जनही चार चार लाख दिने घोषणा


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : थ्रि नेशन्स कपको विजेता नेपाली राष्ट्रिय फुटवल टिमलाई सरकारले जनही चार चार लाख पुरस्कार प्रदान गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले च्याम्पियन टोलीका सदस्यलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नेपालले गत सोमबार बंगलादेशलाई दुइ एक गोलले पराजित गर्दै उपाधी जितेको थियो । दशरथ रंगशालामा नेपालले ३७ वर्ष पछि उपाधी जितेको हो । नेपाल र बंगलादेश बीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका थिए ।

विजेता टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार पाएको थियो ।

अखिल नेपाल फुटवल संघ एन्फाले पनि जनही एक एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ । नेपाली टिम विश्वकप छनोट खेलको तयारीमा छ । सोही तयारीका लागि थ्रि नेशन्स कपको आयोजना गरिएको थियो ।

नेपाल सहित बंगलादेश र किर्गिस्तान अन्डर ट्वान्टी थ्रि टिम सहभागी भएका थिए । विश्वकप छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।


सम्बन्धित खवर

अन्तर्वार्ता