अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे पारसले


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् ।

‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दैछन्,’ उनले भनेका छन्, ‘मैदानभित्रका यी दुई दशक जीवन रहुञ्जेल मिठो यादका रुपमा मसँग रहनेछन् ।

हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौँ भन्ने विश्वास लिएको छु ।’


सम्बन्धित खवर

अन्तर्वार्ता