सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज बिहीबार पेसी रहेको छ । पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो ।

गत भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा हेर्न नभ्याइने सूचीमा परेपछि अदालतले भदौ २१ गते (आज)का लागि पेसी तोकेको हो ।


सम्बन्धित खवर