धादिङमा मुकुन्दसेन स्मृति कप खुल्ला फुटबल फागुन १९ देखि हुने


धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा यहि फागुन १९ गते देखि सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्ने बताईएको छ ।

प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलका अनुसार प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही ५-५ हजार पुरस्कार प्रदान गरिने छ । टिम दर्ता १८ गते सम्म गर्न सकिने उनले बताए ।

स्मरण रहोस, यस अघि पहिलो मुकुन्दसेन स्मृति खुल्ला फुटवल प्रतियोगिता ०७३ साल कार्तिक ५ देखि भएको थियो, युुवा ताथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन तथा तात्कालिन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले समापन गरेका थिए । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ प्रथम हुँदै ४० हजार नगद जितेको थियो ।

नीलकण्ठ नगरपालिकाको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिता धादिङको पुरानो सरदमुकाममा हुँदैछ । धार्मिक एवम् पर्यटकिय सम्भावना बोकेको भैरवी मन्दिरको काखमा हुने यस प्रतियोगितामा टाढाबाट आउने टिमलाई सुपथ मुल्यमा खाना र आवासको व्यवस्था आयोजकले मिलाउने समेत संयोजक रम्तेलले बताए ।


सम्बन्धित खवर