कोल्ड स्टोरको लागि सय अभियान सुरु, सुरुवातमै राम्रो चर्चा


दीपक बस्नेत
“जनता नै नरहे देश रहंदैन । त्यसैले मेरो देशको जनता बेचिरहेको म हेर्न सक्दिन । विभिन्न बहानामा कोही पढ्ने त कोही काम गर्ने बहानामा विदेश जाने जुन काम भईरहेको छ । अब कदापी हुन दिने छैनौ । कृषि उत्पादनमा प्रयोग गरिने आधुनिक औजारहरु प्रयोग गरि देशलाई आत्मानिर्भर बनाउने कार्य सुरु भईसकेको साथै हाम्रो उत्पादन निर्यातको लागि सम्झौता समेत भईसकेकोले स्वदेशमै सम्भावना र रोजगारी सृजना गर्ने वाताबरण बनिसकेको छ । त्यसैले यस महान अभियान जोडिन सम्पूणर् कृषक तथा आम जनतामा अनुरोध गर्दछु ।

काठमाडौं । हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भने झै कोल्ड स्टोर निर्माणबाट कृषि कार्यक्रम सुरु भएको छ । जसका लागि पर्याप्त रकम नभएको र जनतालाई प्रत्यक्ष सहभागिता गराउन लागि पनि इच्छुकहरुले सय रुपैयाँबाट सहभागी हुन आह्वान गर्दछौं । अब कृषि उत्पादनका लागि जिल्ला जिल्लामा टेक्निसियन खटिसक्नु भएको छ । उत्पादन समेत संकलन गर्ने काम भईसकेको छ । सुरुमा काठमाडौंमा कोल्डस्टोर तयार हुनेछ । त्यसपछि आवश्यकता अनुसार विस्तार गरिने छ । यस आईरिस गार्डेन एण्ड एडभरटाईजिङ सर्भिसमार्फत यस आयोजना सुरु गर्न लागिएको छ । इच्छुक कृषकहरुले उक्त कम्पनिको प्रभु बैकमा रहेको खाता नं. ३५१७०८७३६५९०००१८ मार्फत शेयर सदस्य बन्न अनुरोध गर्दछौं । कृषकको उत्पादनलाई अब कोल्ड स्टोर मार्फत पहिलो निर्यात माल्दिभ्सबाट गरिने सम्झौता भईसकेको छ । मेड इन नेपाल लेखी हाम्रो उत्पादन निर्यात गरिने छ ।

नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्ने अवस्था रहदैन ।

हाम्रो एजेण्डा मुख्यतः उत्पादन तथा कृषि क्रान्ति नै हो । आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ । हरेक देश वा विश्वको तथ्यांक जोडिने वित्तिकै उत्पादन भन्ने बुझिन्छ । उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषिमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा हाम्रो देश आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडी सिंचाई गर्नुपर्छ । पस्चिम महाकाली र कालीगण्डकीको पानीलाई सिंचाईमा उपयोग गरि उत्पादनमा जोड गर्नुपर्छ । देश विदेशमा रहेका नेपालीलाई जोडेर उत्पादनमा जोड गर्नेछौं । यसरी जान सक्दा कुनै पनि नेपाली युवाहरु रोजगारीको लागि विदेशीन पर्दैन ।

देशमा लामो समय राजनीतिक द्धन्द चल्यो, साथै महामारी भुकम्प, भारतको नाकाबन्दी र कोरोना महामारी समेत चल्यो । जुन खड्गो अझै रोकिएको छेन । भुकम्प तथा कोरोनाको समयमा ८० प्रतिशत परनिर्भर हुनपुगेको नेपाल झन बढेको अवस्था छ । यसको कारण के हो भन्दाखेरी राज्यले उत्पादनमा जोड गर्दै गरेन । उत्पादनमा मात्रै जोड गरेको भए देश विकाशोन्मुखबाट विकासशील मुलुक बन्न सक्दथ्यो । म त भन्दछु, कि देशमा उत्पादन नहुनुको कारणलेराजनीतिक, सामाजिक आर्थिक लगायतमा अस्थिरता बढिरहेको छ । जब मान्छे व्यस्त हुने विक्तिकै अरु गलत काम गर्नै भ्याउदैन । किनकि मुहानले पनि आफ्नो बाटो आफै खोज्छ । मान्छे पनि त्यस्तै हो । हरेक युवा युवती, टोल, गाउँ, पालिकाहरु सबै मिलेर उत्पादनमा लाग्नुको विकल्प छैन ।

देशमा सिस्टम नै बनेन, चलाउनै चाहेनन् । बलियो सिस्टम बने जुनसुकै व्यवस्था, दल र नेता भए पनि खासै फरक नपर्ला । यसरी जांदा देशलाई उन्नतिमा लानको निम्ति कसैले रोक्न सक्दैन । त्यसरी जनतालाई विदेशीनबाट रोक्न सकिन्छ र रोजगारी दिने मात्र बनाउने होईन, देशलाई धनी बनाउन सकिन्छ । सबै मिलेर विकासको वातावरण बनाउन सक्दा मुलुक सम्पन्न हुन्छ । किसानको सम्मान र कुषिको आधुनिकीकरण गर्ने योजना कसैसंग नहुंदा नेपाली जनताले दुख पाईरहेका छन् । आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ ।

अहिलेको व्यवस्था गलत कि दलहरु भन्ने प्रश्न उठिरहेको छ । मैले बुझेको कुरा के हो भने मुख्यत – कानुन नै हो । कानुन राम्रो हुने वित्तिकै व्यवस्था वा दलहरुले केही गर्न सक्दैन । हामी यो संविधान मान्छौं , लोकतन्त्र पनि मान्छौं, गणतन्त्र पनि मान्छौं तर पनि कानुन मुख्य कुरा हो । मत दावीका साथ भन्छु कि, नेपालमा विभिन्न समयमा विभिन्न संविधान त बने तर प्रभावकारी कानुन बनेन, बनाउन चाहेनन् । त्यसैले देशले गति लिन सकेन । जंगबहादुरको देवानी संहिता समेत भर्खरै मात्र परमार्जन गरिएको छ । देश बनाउने हो भने कडा भन्दा कडा कानुन बनाउन जरुरी छ । कानुनले काम गर्ने हो भने ठुलो सानो कोही पनि हुंदैन । आ -आफ्नो भूमिकामा काम गर्ने गरी कानुन बनाउन जरुरी छ । त्यसैले हामी व्यक्तिको विरोध गर्दैनौ, व्यवस्थाको पनि गर्दैनौं । हाम्रो जोड भनेको कानुन बनाउने र देश बनाउने नै हो र उत्पादनमा जोड गर्छौ । कानुन भन्दा बाहिर कोही हुनुहुंदैन ।

अब देशको लागि काम नगर्नेलाई नेपाल आमाले माफ गर्दैनन् । अब त अत्ति भएको छ । अति भए पछि क्षति हुन्छ । कानुनको पालना गराउने अदालतमा घटि वा बढी सजाय भनेर गरिने फैसला वा कानुनी व्यवस्थाले चलखेल बढाईरहेको छ, चलखेल गर्ने वातावरण दिईरहेको छ । अदालत भनेको दुधको दुध, पानीको पानी छुट्याउने गरि फैसला गर्ने खालको हुनुपर्दछ । अदालत भनेको न्याय दिने प्रमुख ठाउं हो । त्यसैले जनताको विस्वास जगाउने गरि नियमको पालना सबैमा समान हुनुपर्दछ । कानुन सबैलाई बराबर हुनुपर्छ । देशमा विदेशी चलखेल बढिरहेको देखेसुनेकै छौं । बेलुनमा हावा कम भयो भने फुट्छ । हामी बलियो भयौं भने, हामी अरुसंग परनिर्भर भएनौं भने, हाम्रो समस्या अरुलाई सुनाएनौ भने र ऋण लिएनौ भने हामीलाई कसैले हेप्न सक्दैन । हाम्रो देशको वैज्ञानिक लगेर अर्कोले देश बनाईरहेको छ, अझ भन्नु पर्दा हामी माथि नै प्रहार गराईएको हून्छ । त्यो कारण के त भन्दाखेरी तीजनशक्तिहरु वा वैज्ञानिकहरुलाई आफ्नै देशमा सेटल गर्न नसक्नुले हो । आखिर आफ्नो देशमा अवसर नपाइसकेपछि उसले जहांसुकै अवसर त खोज्नै पर्‍यो नि । अहिले देशमा देखिएको अवस्था त्यही हो ।

नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्दैनौ ।
अर्को महत्वपूणर् हामीले कम्पोष्ट वा रसायनिक मल उत्पादनमा जोड गर्न लागि परेका छौं । हिमाली क्षेत्रमा स्याउ उत्पादनमा जोड गर्नेछौं । तराई मधेशमा धान उत्पादन र माछा पालनमा जोड गर्ने छौं । कोसी मेची जोडेर माछा लगायत त्यहां उत्पादन हुने खाद्यान्न उत्पादन गर्नेछौं । पहाडको हकमा तरकारी, फलफुल र पशपंक्षी लगायतको उत्पादन गर्न सकिन्छ । यसबाट अहिले भईरहेको व्यापार घाटा घटाउन सकिन्छ । यसले कृषि क्रान्तिको लागि ठुलो ढोका खोल्नेछ । हामीले उत्पादन गर्ने खाद्यान्नलाई किसान बैंक बनाई बिना बिचौलिया उपभोक्ताको घरघरमा पुर्‍याउन सकिन्छ । कृषकको उत्पादनलाई औद्योगिकरण तथा कोल्ड स्टोर गरि किसानलाई धनी बनाउनुपर्छ ।

वास्तवमा देश माफियाहरुले नै चलाईरहेको जस्तो छन् । वित्तिय वा बैक लगायतमा भएको विकृति विरुद्ध आवाज जरुरी थियो, छ । जनताको पैसामा मोज गर्ने अधिकार कसैलाई छैन । बैकका सिईओहरुलाई वार्षिक करोडौं तलव दिने गरेको सुनिन्छ, कमिशन पनि त्यसरी नै खाने गरेको चर्चा हुन्छ । अर्को अनावश्यक कर्मचारी राखी दिईने तलव भत्ता नियमन गर्ने काम राष्ट्र नेपाल बैंक लाग्नैपर्छ । ७.५ प्रतिशतमा पास भएको ऋण थाहै नदिई १५ प्रतिशत पुर्‍याउंदा राज्यको ध्यान केन्द्रीत किन हुंदैन ? आखिर मिटरव्याजी त वित्तिय संस्थाहरु नै देखिए नि । त्यसैले यस्ता विकृतिहरु हट्न जरुरी छ ।

राष्ट्रसेवक कर्मचारीहरुलाई सुविधा सम्पन्न बनाईनेछ । आठ घण्टा डियुटीको समय छुट्याईने छ । माथि उल्लेखित उत्पादनमा जोड गर्ने बित्तिकै देशको ढुकुटी आर्थिक रुपमा बलियो हुन्छ । अहिले तलव सुविधा कम भएर पनि भ्रष्टाचार भईरहेको भन्ने छ । सुविधा सम्पन्न तलव सुविधा दिंदा पनि पनि भ्रष्टाचार गरेमा सिधै बर्खास्त गर्ने कानुन बनाईनेछ । अझ भन्न चाहन्छौंं की भ्रष्टाचार अवस्था हेरेर मृत्यू डण्डसम्मको कानुन बनाउन लागि पर्नेछौं । टे्रड युनियन व्यवस्था हटाउने र एनजिओ/आइएनजिओ समेत खारेज गरिनेछ । स्मरण रहोस, अमेरिका जस्तो देशमा समेत ट्रेड युनियनले दुख दिएपछि अधिकार नियन्त्रण गरिएको छ । सिंगापुर समेत ट्रेड युनियन खारेज गरेपछि तिव्र विकास गरेको हो । नेपाल विकास हुन नसक्नुको अर्को कारण ट्रेड युनियनको व्यवस्था पनि हो । हामीले धेरै ठुला कुरा गरेका छैनौ । माथि उल्लेखित थोरै कामको सुरुवात गर्दा मात्रै पनि देश सम्पन्न हुन्छ, देश सम्पन्न भएपछि जनता पनि सम्पन्न र खुसी भईहाल्छन् ।

हामीले सुरक्षा अथवा सेना तथा प्रहरी लगायत निकायलाई सुरक्षाको अलावा देश विकासमा लगाउने कानुन निर्माण गर्नेछौं । सडक, लगायत अन्य विकास निर्माण र जलविद्युत उत्पादनमा जोड गरिनेछ । यसबापत थप सेवा सुविधा हुने बिक्तिकै उनीहरुमा जोस जाँगर बढ्नेछ । बिजुली गाडीमा जोड गर्दै राजधानी, काठमाडौ र झापाको कांकडभित्ता र पूर्व पस्चिम लगायतमा सेवा सञ्चालन गरिनेछ । जसले अहिले महंगो मुल्यमा आयत गर्नु परेको पेट्रोल डिजेलको अन्त्य गर्न सघाउँछ । पर्यटनको विकास गर्न सगरमाथाको फेदीसम्म चार लेनको बाटो निर्माण गरिने छ । सुरक्षा दिनुको साथै उनीहरुलाई सेवा सुविधामा जोड गरिने छ । साथै धार्मिक पर्यटनलाई प्राथमिकता दिईने छ ।

जनता नै नरहे देश रहंदैन । त्यसैले मेरो देशको जनता बेचिरहेको म हेर्न सक्दिन । विभिन्न बहानामा कोही पढ्ने त कोही काम गर्ने बहानामा विदेश जाने जुन काम भईरहेको छ । अब कदापी हुन दिने छैनौ । कृषि उत्पादनमा प्रयोग गरिने आधुनिक औजारहरु प्रयोग गरि देशलाई आत्मानिर्भर बनाउने कार्य सुरु भईसकेको साथै हाम्रो उत्पादन निर्यातको लागि सम्झौता समेत भईसकेकोले स्वदेशमै सम्भावना र रोजगारी सृजना गर्ने वाताबरण बनिसकेको छ । त्यसैले यस महान अभियान जोडिन सम्पूणर् कृषक तथा आम जनतामा अनुरोध गर्दछु ।

(लेखक जनप्रजातान्त्रिक पार्टी नेपालको सचिव तथा कृषि अभियान्ता हुन्)


सम्बन्धित खवर