केपी ओली कपको उपाधि मछिन्द्रलाई


काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले हात पारेको छ ।

शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले एनआरटी क्लबलाई ट्राइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो ।

मछिन्द्रले लगातार दोस्रो पटक केपी ओली कपको उपाधि जितेको हो । मछिन्द्रले अघिल्लो वर्ष सातदोबाटो युथ क्लबलाई ट्राइब्रेकरमा ५-३ ले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगिताको उपाधि विजेता मछिन्द्रले ११ लाख हात पार्ने छ भने उपविजेता एनआरटीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


सम्बन्धित खवर