
दीपक बस्नेत
काठमाडौं । हामी कृषि प्रधान देशमा जन्मिएर हुर्किएर पनि कृषि प्रधान देशको अनुभव गर्न सकिएन । कारण राजनीनिक अस्थिरता र विज्ञहरुले समेत इमान्दारपूर्वक काम गरेनन् । साथै वास्तविक विज्ञहरु समेत देखिएनन् । देशमा उत्पादन भएको वस्तुहरुको उचित मुल्य नपाएको कारण कृषि खेत बारीलगायत बाँझो भईराखेको छ र युवा जनशक्तिहरु खाडी मुलुक र जापान र दझिण कोेरिया पुगेर कोदालो खनिरहेका छन् । आखिर नेपालमै पनि कुट्टो कोदालो खन्दा त्यहांको जति रकम दिन सकिन्थ्यो । तर देशको राजनीतिक खिचातानीमा देखियो र कृषर कृषिमा कसैको ध्यान देखिएन । के राजनीति यस्तै हुन्छ ? देश जनताप्रति इमान्दार हुनु पर्दैन आजको यक्ष प्रश्न बनेको छ । थोरै इमान्दार हुने हो भने स्वर्ग खोज्न कहीं जानु पर्दैन तर आजको दिनमा नर्गको अनुभव गराई राखेका छन् । यसलाई गर्न अब हामी कम्मर कसेर लागि सकेका छौं जनतालाई साथ दिन म आम रुपमा अनुरोध गर्दछु ।
हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भनेझै माल्दिभ्स्बाट व्यापार सुरु भएको छ । जसका लागि पर्याप्त रकम नभएको र जनतालाई प्रत्यक्ष सहभागिता गराउन लागि पनि इच्छुकहरुले सय रुपैयाँबाट सहभागी हुन आह्वान गर्दछौं । अब कृषि उत्पादनका लागि जिल्ला जिल्लामा टेक्निसियन खटिसक्नु भएको छ । उत्पादन समेत संकलन गर्ने काम भईसकेको छ । सुरुमा काठमाडौंमा कोल्डस्टोर तयार हुनेछ । त्यसपछि आवश्यकता अनुसार विस्तार गरिने छ । यस आईरिस गार्डेन एण्ड एडभरटाईजिङ सर्भिसमार्फत यस आयोजना सुरु गर्न लागिएको छ । इच्छुक कृषकहरुले उक्त कम्पनिको प्रभु बैकमा रहेको खाता नं.३५१७०८७३६५९०००१८ मार्फत शेयर सदस्य बन्न अनुरोध गर्दछौं । कृषकको उत्पादनलाई अब कोल्ड स्टोर मार्फत पहिलो निर्यात माल्दिभ्स्बाट गरिने सम्झौता भईसकेको छ । मेड इन नेपाल लेखी हाम्रो उत्पादन निर्यात गरिने छ ।
नेपाललाई उत्पादनमा जोड्न म एक युवक कृषि क्षेत्रको विकासको लागि दत्तचित्त भएर लागेको छु । यसका लागि जुनसुकै लडाई लड्न परेपनि तयार रहेको छु, यसका लागि नेपाली कृषि-कृषकहरुलाई साथ दिन अनुरोध गर्दछु । सय दिनसम्म पनि कसैले पनि सुन्दैनन् र देख्दैनन् भने १०१ दिनपछि अवश्य देख्नेछन् । र मेरो देशको जनतालाई रोजगार दिलाएरै छाड्छौं । कृपया हाम्रो देशमा केही पनि हुंदैन, केही गर्न सकिदैन भन्ने मानसिकता त्यागौं । हामी गर्न सक्छौं, हामीले नै देश बनाउने हो र सक्छौं साथै म गर्न सक्छु भन्ने संकल्प गरौं, अवश्य गन्तव्यमा पुग्न सकिन्छ । त्यसैले म एक व्यक्ति-युवक त प्रयत्न गरिरहेको छु भने हामी सबै मिल्दा कसो गन्तव्यमा नपुगिएला त । त्यसैले एक ढिक्का हुन सबैमा अनुरोध गर्दछु ।
नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्ने अवस्था रहदैन ।
अब देशको लागि काम नगर्नेलाई नेपाल आमाले माफ गर्दैनन् । अब त अत्ति भएको छ । अति भए पछि क्षति हुन्छ । कानुनको पालना गराउने अदालतमा घटि वा बढी सजाय भनेर गरिने फैसला वा कानुनी व्यवस्थाले चलखेल बढाईरहेको छ, चलखेल गर्ने वातावरण दिईरहेको छ । अदालत भनेको दुधको दुध, पानीको पानी छुट्याउने गरि फैसला गर्ने खालको हुनुपर्दछ । अदालत भनेको न्याय दिने प्रमुख ठाउं हो । त्यसैले जनताको विस्वास जगाउने गरि नियमको पालना सबैमा समान हुनुपर्दछ । कानुन सबैलाई बराबर हुनुपर्छ । देशमा विदेशी चलखेल बढिरहेको देखेसुनेकै छौं । बेलुनमा हावा कम भयो भने फुट्छ । हामी बलियो भयौं भने, हामी अरुसंग परनिर्भर भएनौं भने, हाम्रो समस्या अरुलाई सुनाएनौ भने र ऋण लिएनौ भने हामीलाई कसैले हेप्न सक्दैन । हाम्रो देशको वैज्ञानिक लगेर अर्कोले देश बनाईरहेको छ, अझ भन्नु पर्दा हामी माथि नै प्रहार गराईएको हून्छ । त्यो कारण के त भन्दाखेरी तीजनशक्तिहरु वा वैज्ञानिकहरुलाई आफ्नै देशमा सेटल गर्न नसक्नुले हो । आखिर आफ्नो देशमा अवसर नपाइसकेपछि उसले जहांसुकै अवसर त खोज्नै पर्यो नि । अहिले देशमा देखिएको अवस्था त्यही हो ।
कृषि-उत्पादन र बजारसंगै सिंचाई जोडिनुपर्छ । कृषकले उत्पादन गरेको कृषिलाई कसरी बजारीकरण गर्ने त ? कृषकले सहि मुल्य पाउनको लागि स्टोरेज कोल्ड स्टोरेज गर्न सकियो सकियो कि सकिएन ? यदि देश विकासमा कृषिसंग जोडिन सकियो भने हरेक व्यक्ति बिजी हुने माध्यम हुन्छ । आ-आफ्नो उत्पादनमा कृषक बिजी भयो भने हरेक सहजीकरण देखिन्छ । उत्पादन बढ्ने वित्तिकै चोरी डकैटी झैझगडा सबै न्युनिकरण हुन्छ । जनता अनुशासित हुन्छन् । यसको लागि हामी उत्पादनमै जोड गर्नुपर्छ । हामीले गर्ने उत्पादन देशमा खपत गरेर देशविदेश पुर्याउन सकिने खालको हुनुपर्छ र सकिन्छ पनि ।
देशमा लामो समय राजनीतिक द्धन्द चल्यो, साथै महामारी भुकम्प, भारतको नाकाबन्दी र कोरोना महामारी समेत चल्यो । जुन खड्गो अझै रोकिएको छेन । भुकम्प तथा कोरोनाको समयमा ८० प्रतिशत परनिर्भर हुनपुगेको नेपाल झन बढेको अवस्था छ । यसको कारण के हो भन्दाखेरी राज्यले उत्पादनमा जोड गर्दै गरेन । उत्पादनमा मात्रै जोड गरेको भए देश विकाशोन्मुखबाट विकासशील मुलुक बन्न सक्दथ्यो । म त भन्दछु, कि देशमा उत्पादन नहुनुको कारणलेराजनीतिक, सामाजिक आर्थिक लगायतमा अस्थिरता बढिरहेको छ । जब मान्छे व्यस्त हुने विक्तिकै अरु गलत काम गर्नै भ्याउदैन । किनकि मुहानले पनि आफ्नो बाटो आफै खोज्छ । मान्छे पनि त्यस्तै हो । हरेक युवा युवती, टोल, गाउँ, पालिकाहरु सबै मिलेर उत्पादनमा लाग्नुको विकल्प छैन ।
अर्को महत्वपूणर् हामीले कम्पोष्ट वा रसायनिक मल उत्पादनमा जोड गर्न लागि परेका छौं । हिमाली क्षेत्रमा स्याउ उत्पादनमा जोड गर्नेछौं । तराई मधेशमा धान उत्पादन र माछा पालनमा जोड गर्ने छौं । कोसी मेची जोडेर माछा लगायत त्यहां उत्पादन हुने खाद्यान्न उत्पादन गर्नेछौं । पहाडको हकमा तरकारी, फलफुल र पशपंक्षी लगायतको उत्पादन गर्न सकिन्छ । यसबाट अहिले भईरहेको व्यापार घाटा घटाउन सकिन्छ । यसले कृषि क्रान्तिको लागि ठुलो ढोका खोल्नेछ । हामीले उत्पादन गर्ने खाद्यान्नलाई किसान बैंक बनाई बिना बिचौलिया उपभोक्ताको घरघरमा पुर्याउन सकिन्छ । कृषकको उत्पादनलाई औद्योगिकरण तथा कोल्ड स्टोर गरि किसानलाई धनी बनाउनुपर्छ ।
देशमा यतिबेला राजनीतिक र आर्थिक लगायत थुप्रै विकृति विसंगति र समस्या रहेका छन् । जनसंख्याको आधा प्रतिशत जनता रोजगारीको लागि खाडी मुलुक तथा तेस्रो मुलुक धाईरहेका छन् अथवा जान बाध्य छन् । निस्चित व्यापारी र दलका नेताहरुले देशलाई ल्ट्ने काम मात्र गरिरहेका छन् । देश ल्ट्नेहरुलाई तत्कालै नहटाएसम्म देश बन्दैन । जुन प्रक्रिया प्रचण्ड सरकारले गरिरहेको छ । कृषि प्रदान देश भएर पनि पनि किसानको सम्मान र कुषिको आधुनिकीकरण गर्ने योजना कसैसंग नहुंदा नेपाली जनताले दुख पाईरहेका छन् । आफ्नै देशमा हुने उत्पादनमा पनि जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित हामी सबै लाग्नु पर्ने आजको आवश्यकता हो ।
ठुलालाई चैन, सानालाई मात्र कानुन लाग्ने गरेको छ । त्यसैले देशमाअराजकता बढिरहेको छ । अहिले सवल लिडरसीपको आवश्यकता रहेको छ । जसलाई विस्वास गर्छन उनीहरुबाट धोका मात्र भएको छ । गास, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार जनताको नैसर्गिक अधिकार भएको हुंदा राज्यले भूमिका निभाउनैपर्छ । देशलाई समृद्धको बाटोमा लगेर जनतालाई भ्रष्टाचार निर्मुल पारी सुशासन र देशको समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनैपर्छ । प्रचण्ड सरकारले ललिता निवास प्रकरण दोषीलाई कारवाही र गिरिबन्धु टि स्टेट प्रकरण खारेजी गरेर राम्रो सन्देश दिनुभएको छ । त्यसैले अहिलेको प्रमुख एजेण्डा भनेको सगरमाथा जस्तै उच्च बनाउँदै विकसित राष्ट्र बनाउनु हो । त्यसका लागि मुख्यतः राष्ट्रिय संकल्प अनिवार्य छ ।
कृषि उत्पादनको साथै हामीले कोल्ड स्टोरको जोड गर्छौै । त्यसका लागि प्रत्येक जिल्लाबाट सय रुपैया उठाउँने पछि बढाउदै लगिने छ । यसरी स्वरोजगार शक्ति बढ्दै जानेछ । कृषि बिउ तथा मल दिनुको साथै घण्टाको हिसावले काम लगाइने व्यवस्था गरिने छ । अब गाँजा खेतीलाई राज्यले वैधानिकता दिनैपर्छ । पहाडी क्षेत्रलाई ठुलो आम्दानीको स्रोत हुनेछ । कृषक, कृषि क्रान्तिको लागि मर्न र मार्न तयार भएर लागिसकेका छौं । देशमा उत्पादन गरेको कृषि उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने योजना सहित हामी अगाडि बढिरहेका छौं । हाम्रो देशलाई कृषि प्रधान देश भनिन्छ र हो पनि । नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । अहिले भारतबाट आउने उत्पादन सस्तो र नेपाली उत्पादन महंगो छ भनिएको छ जुन अत्यन्त सुनियोजित बनाइएको हो ।
नेपाली उत्पादन महंगो छैन तर पर्याप्त उत्पादन भने हुनैपर्छ । नेपालको उत्पादन विश्वमै सस्तो रहेको छ, तर भ्रम फैलाईयो । तीव्र उत्पादन हुने वित्तिकै प्रतिस्पर्धा बढ्छ र सस्तो हुन्छ । हाम्रो ऐन नियमले पनि उत्पादन जोड गरेन । त्यसैले उत्पादनमा जोड गर्न सकिएको छैन । त्यसरी कलकारखाना र उत्पादन नभएकाले गरीव र बेरोजगार बढिरहेका छैनन् । रोजगारी र पढ्नको लागि विदेश जाने युवायुवतीहरु रोक्न सकिएन भने देशको अस्तित्व नै हराउन सक्छ । यसमा अब सम्वन्धित निकायले सोच्नैपर्छ, हामी त सोचरहेकै छौं । देशको विकास हुन नसक्नुले नै उत्पादन नहुनुले हो । त्यसैले उत्पादन र देश रक्षाको लागि हामी लडिरहन्छौं ।
उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषिमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा हाम्रो देश आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडी सिंचाई गर्नुपर्छ ।
मुख्यतः हाम्रो महत्वपूणर् जडिबुटी खेर गईरहेका छन् । साथै ती बन जंगलका पातपतिङगरलाई प्रारंगरिक मल बनाउनुपर्छ र कृषकलाई जोड्नुपर्छ । साथै जैविक मलको फ्याक्ट्री संचालनमा ल्याउंछौं । सम्पूणर् कामलाई समायोजन गरि उत्पादन बेच्ने र कोल्ड स्टोर राखी व्यवस्थापन गर्छौ । उत्पादन नभएकै कारण युवाहरुको बेराजगार बढ्दो छ र विदेशीन बाध्य भएका छन् । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । (लेखक, जनप्रजातान्त्रिक पार्टी नेपाल सचिव एवं कृषि अभियान्ता हुन्)